Comments Add Comment

कुंडलिनी योग कसरी गर्ने ?

योग सही तरिकाले जीवन जिउने तरिका हो । योग एक प्राचीन जीवन पद्धति हो, जसमा शरीर, मन र आत्मालाई सन्तुलन गर्ने गर्दछ । शरीर स्वस्थ राख्न, मनको चञ्चलता कम गर्न र आत्मामा उर्जा थप्न योगले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । वास्तवमा योग आध्यात्मिक भन्दा पनि बढी बैज्ञानिक छ ।

योगको अर्थ ‘एकता’ वा ‘जोड्न’ हो । साधारण भाषामा भन्नु पर्दा योग शरीर, मन र मस्तिष्कलाई एकाकार गर्नु हो । व्यक्तिगत चेतना वा आत्मालाई सार्वभौमिक चेतना तर्फ लानु हो ।

सबैका लागि उपयोगी

योग गर्नु सबैको लागि फाइदा विषय हो । शारीरिक र मानसिक तनाव योगासन, प्रणायाम र ध्यानको माध्यमबाट ठीक गरिन्छ । योग बच्चा, बुढा, महिला, पुरुष र हरेक उमेरका मानिसले गर्न सक्छन् ।

योगबाट शारीरिक रुपमा निरोगी हुनुका साथै मानसिक तनावहरुबाट मुक्त हुन सकिन्छ । योगका अनेक विधी र आयम छन् । कुन अवस्थामा, कसले, कसरी, कुन योग गर्ने भन्ने पनि तौर तरिका छन् ।

अर्ध चन्द्रासन योग, भुजंग आसन योग, बाल आसन योग आदि थुप्रै किसिमको योग छन् । तर, यी भन्दा फरक कुंडलिनी योग एक यस्तो योग हो जसको व्यायामले शरीरको सुसुप्त शक्तिहरुलाई जागृत गर्ने काम गर्दछ ।

कुंडलिनी योग के हो ?

कुंडलिनी योग ध्यानको एक माध्यम हो । जसले शरीर, मन र ज्ञानेदि्रयहरुलाई बलियो बनाउँछ । यो योगले शरीरको सबै नशाहरुमा रगतको प्रवाहलाई नियन्त्रिल रुपमा संचालन गर्दछ । मानव शरीर भित्र ७ प्रकारको चक्रको बारेमा बर्णन गरेको पाइन्छ ।

मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार चक्र जुन मेरुदन्ड हुन्छ । ध्यानमा बस्दा मुलाधार चक्रबाट विस्तारै सहस्रार चक्र जागृत हुन थाल्छ । यी शक्तिहरु जागृत भएर मस्तिष्क तर्फ बढ्दै शरीरको सबै चक्रलाई क्रियाशील बनाउँछ ।

अन्त्यमा कुंडलिनी सक्रिय हुन्छ । यही कुंडलिनी हाम्रो शरी, भाव र विचारलाई प्रभाव पार्दछ । कुंडलिनी जागरणको लागि हाम्रो शरीरमा भएको ७२ हजार नाडीयाँ शुद्ध र पुष्ट हुनु आवश्यक छ ।

कुंडलिनी योग कसरी गर्ने ?

योग गर्नको लागि सबैभन्दा उत्तम समय भनेको विहानको समय हो । सुर्याेदय पुर्व योग गर्नु उत्तम मानिन्छ । किनकि विहानको समयमा शितल मौसम हुने र रातभरको निन्द्राले शरीरमा एक किसिमको उर्जा हुने भएकोले विहानको समय उत्तम मानिन्छ । कुंडलिनी योग कसरी गर्ने भन्ने जानकारीको बारेमा चर्चा गरौं ।

–     कुंडलिनी योग अभ्यास गर्नको लागि सबैभन्दा राम्रो समय विहान हो ।

–     कुंडलिनी योग गर्नु पुर्व केही समय प्राणायाम गर्नु ।

–     त्यसपछि दिमागलाई स्थिर बनाएर दुबै आखिभौको वीचको भागमा ध्यान केन्दि्रत गर्नु ।

कुंडलिनी ध्यान त्यति सरल कार्य होइन । यस्को लागि केही विधि नियमहरु छन् । वीना गुरुको मदतले कुंडलिनी योग गर्दा नोक्सानी पनि हुन सक्छ । कुंडलिनी योगले रोगप्रतियोधक शक्ति पनि बढ्छ ।

कुंडलिनी योग फाइदा

–     कुंडलिनी योग पाचन प्रणाली, रक्त संचारलाई नियन्त्रण गर्दछ ।

–     मानसिक तनावबाट मुक्त गर्नुको साथै यो योगले रतन्धो जस्ता आखाँको समस्याबाट पनि छुटकारा मिल्छ ।

–     ज्ञानेन्दि्रयहरु बलियो बनाउछ ।

–     घुम्रपान र मद्यपान जस्ता नशालु पदार्थको सेवनको लतबाट पनि मुक्त बनाउँछ ।

–     आत्मविश्वास बढ्नुको साथसाथै चञ्चल मनलाई पनि शान्त राख्न मद गर्छ ।

–     कुंडलिनी योगले नकारात्मक उर्जालाई सकारात्मक उर्जामा परिवर्तन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment